होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा लम्साल चयन, सहकारीको अध्यक्षमा उप्रेती


eShilalekh

१२ आश्विन २०७९, बुधबार २३:३७

सिमराः होटल तथा पर्यटन व्यवसायी संघ बाराको अध्यक्षमा अर्जुन लम्साल चयन भएका छन् । बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका लम्साल संघको बुधवार सिमरामा अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

अधिवेशनले लम्सालको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा शम्भु खड्गी, द्धितीय उपाध्यक्ष प्रहलाद उप्रेती, महासचिव गोविन्द गहतराज, सचिव प्रभात सिग्देल सहसचिव कृष्ण अधिकारी र कोषाध्यक्ष कल्याणी गौतम चयन भएका छन् ।

यसैगरी कार्यसमितिको सदस्यमा बिमलराज भारती, रामकृष्ण घिमिरे, ज्ञानेन्द्र कार्की, अजय जर्गामगर, मुन्नालाल साह कलवार, कर्णबहादुर कार्की, सुशिला केसी, सर्जु थापा, युवप्रसाद गौतम, हेमलाल गौतम, जयप्रकाश थापा, शर्मिला शाह, सोममाया रुम्बा, फुलमाया रुम्बा, विनोदप्रसाद जैसवाललगायत रहेका छन् ।

यसैगरी संघद्धारा संचालित होटल तथा पर्यटन सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा पनि सम्पन्न भएको छ । साधारण सभाले संघको द्धितीय उपाध्यक्षमा चयन भएका प्रहलाद उप्रेतीको नेतृत्वमा नौ सदस्यीय संचालक समिति चयन गरेको छ ।

संचालक समितिको उपाध्यक्षमा विनोदप्रसाद जैसवाल, सचिव शम्भु खड्गी र कोषाध्यक्ष मिरा थापा सर्वसम्मत चयन भएका छन् । यसैगरी समितिको सदस्यमा प्रेम ठकुरी, ज्ञानेन्द्र कार्की, विनिता रेग्मी, हरिहर श्रेष्ठ, मनोजप्रसाद गुप्तालाई चयन गरिएको छ ।

संस्थाको लेखा समितिको संयोजकमा लक्ष्मण अधिकारी, सदस्यमा सुस्मित गौतम र सुर्य लामा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्