मारुती सिमेन्टले पिपिसी सिमेन्ट बजारमा ल्याउदै


eShilalekh

२ कार्तिक २०७९, बुधबार २०:४३

सिमरा: मारुती सिमेन्ट्स लिमिटेडले आफ्नो नयाँ उत्पादन बजारमा ल्याउने भएको छ । १६ वर्षदेखी ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको मारुतीले दुई महिना भित्र पिपिसी उत्पादन थप गर्न लागेको हो ।

नेपाल सरकारको नाप, तौल तथा गुणस्तर विभागबाट ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने स्वीकृती लिएको मारुतीले एक वर्ष अघि ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने स्वीकृती समेत पाईसकेको छ ।

मारुतीले अब दुई महिना भित्रमा ओपिसी र पिपिसी सिमेन्ट एकैसाथ बजारमा ल्याउनेछ । हाल दैनिक दुई हजार पाँच सय टन सिमेन्ट उत्पादन गर्दै आएको मारुतीले पिपिसीको उत्पादन सुरु भएपछी दैनिक पाँच हजार पाँच सय टन उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

देशको राष्ट्रिय गौरवका आयोजनासहित सडक, पुल, बाध, भवन निर्माणमा प्रयोग हुँदै आएको मारुती सिमेन्ट निजिस्तरको प्रथम सिमेन्ट उधोग हो । यस उधोगको उत्पादन देशका अधिकांश जिल्लामा पुग्ने गरेको कम्पनीले जनाएको छ।

मारुतीसंग क्लिंकर उत्पादन गर्ने आफ्नै उधोग भएका कारण पनि यसको उत्पादनलाई आमनागरिकले रुचाउने गरेको कम्पनिको भनाइ छ । सिराहाको मिर्चैयामा उधोग रहेको मारुतीको मुख्य कार्यालय विराटनगर र शाखा कार्यालय काठमाडौंमा रहेको छ ।

उधोगले पछिल्लो समय बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीलाई विशेष प्राथमिकता दिदै आफ्नो उत्पादनलाई बजारसम्म लगिरहेको जानकारी कम्पनीले दिएको छ।

प्रतिक्रिया दिनुहोस्