पथलैया र होली तेक्वान्दो डोजाङका खेलाडीलाई ग्रेडिङ प्रमाणपत्र वितरण


eShilalekh

२३ कार्तिक २०७९, बुधबार १४:३७

सिमराः पथलैया तेक्वान्दो डोजाङ र होली तेक्वान्दो डोजाङका खेलाडीलाई बुधवार ग्रेडिङको प्रमाणपत्र वितरण गरिएको छ । असोज १५ गते लिइएको गे्रडिङ परिक्षामा उतिर्ण ६७ खेलाडीलाई प्रमाणपत्र वितरण गरिएको हो ।

ग्रेडिङ परिक्षा दिएकामध्ये ११ खेलाडी उत्कृष्ट हुदै डबल प्रोमोसनमा परेका छन् । खेलाडीहरुलाई नेपाल तेक्वान्दो संघ मधेस प्रदेशका महासचिव राजकुमार लामा, राष्ट्रिय कोच हेमलाल श्रेष्ठ, जिल्ला कार्यसमिति अध्यक्ष चित्रबहादुर लामा, होली गार्डेन इङलिस् स्कुलका प्रिन्सिपल भुवन राई, अमलेखगंज गुम्बा विद्यालयकी प्रध्यानाध्यापक कुमारी लामा, नेपाल तामाङ घेदुङ संघका राजकुमार डिमडुङलगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

पथलैया डोजाङका प्रमुख तथा नेपाल तेक्वान्दो संघ मधेस प्रदेशका सहासचिव लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण भुवन थापाले गरेका थिए ।

लामो समयपछि पथलैयामा तेक्वान्दो खेल पुनः संचालनमा आएपछि स्थानीय बालबालिका र खेलाडी उत्साहित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्