जीतपुरसिमरा–८ बाट गाँजासहित एक जना पक्राउ


eShilalekh

८ आश्विन २०८३, बिहीबार १९:०८

सिमराः प्रहरीले जीतपुरसिमरा-८ गमरगाँवाबाट बिहीबार लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३६ वर्षीय जयनारायण चौधरी रहेका छन् ।

चौधरीलाई इलाका प्रहरी कार्यालय जीतपुरको प्रहरी टोलीले एक किलो सात सय ३० ग्रामसहित पक्राउ गरेको प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाले जानकारी दिए । चौधरीले गाँजालाई सानो पुरिया बनाएर बिक्री गर्दै आएका थिए ।

उनको साथबाट १५ वटा पुरियामा राखिएको तीन सय २० ग्राम र प्लाष्टिकमा राखिएको एक किलो चार सय १० ग्राम गाँजा बरामद गरिएको निरौलाको भनाइ छ । पक्राउ गरिएका साहलाई हिरासतमा राखेर कारवाही प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्