सिमरामा करोडौंको लगानीमा खुल्यो ‘क्याफे एण्ड पब’


eShilalekh

२६ कार्तिक २०७९, शनिबार १०:५४

सिमराः औद्योगिक करिडोरमा रहेको बाराको सिमरा दिनप्रतिदिन शहरोन्मुख छ । शहरको रुपमा विकसित हुँदै गर्दा सिमरालाई केन्द्रीत गरेर पछिल्लो समय विभिन्न होटल तथा रेष्टुरेन्ट व्यवसायमा लगानी बढ्न थालेको छ ।

दर्जनौंको संख्यामा सुविधासम्पन्न र व्यवस्थित होटल रहेको सिमरामा शुक्रवार करोडौंको लगानीमा ‘माइल्स २९ क्याफे एण्ड पब’ संचालनमा आएको छ । जीतपुरसिमरा २ का स्थानीय युवा प्रफुल्लजंग राणाको एकल लगानीमा पब संचालनमा आएको हो ।

सिमराका युवा व्यवसायी शम्भु खड्गीले हालै संचालनमा ल्याएको होटल श्रेष्ठ रेसिडेन्सी अगाडी यो पब खुलेको छ । ब्रिटिस थिममा सजावट गरिएको पबमा राणाले हालसम्म ८० लाख लगानी गरिसकेका छन् । पबमा एक करोड २० लाखसम्म खर्च गर्ने राणाको योजना छ । ग्राहकलाई आकर्षित गर्ने गरी उनले सजावटमा रकम खर्चिएका छन् ।

बैदेशिक रोजगारीका क्रममा लामो समय दुबईमा बसेर आएका राणाले सिमरालाई केन्द्रीत गरेर ठुलो रकम लगानी गरेका हुन् । पबले सिमरालाई व्यवस्थित र सुविधासम्पन्न शहरको रुपमा चिनाउन मद्यत पुग्ने उनले बताए ।

ठुलो लगानीसहित पब संचालनमा ल्याएका राणाले एक दर्जनभन्दा बढी युवालाई रोजगारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्