बारा ४(१) को प्रदेशसभा सदस्यमा चौधरी निर्वाचित


eShilalekh

७ मंसिर २०७९, बुधबार १६:०७

सिमराः बारा क्षेत्र नं. ४(१) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी निर्वाचित भएका छन् । चौधरी तीन हजार ६ सय २० मतको मतान्तरले निर्वाचित भएका हुन् ।

चौधरीले १३ हजार ६ सय नौ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले नौ हजार नौ सय उनानब्बे मत पाएका छन् ।

यसैगरी तेस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार सन्तोष कुशवाहाले चार हजार एक सय ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका यम जर्का मगरले तीन हजार ६ सय ५६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्