घण्टीमाई साकोसद्धारा पत्रकार खड्का पुरस्कृत


eShilalekh

१५ आश्विन २०७८, शुक्रबार ०२:४४

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहस्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले पत्रकार विदुर खड्कालाई उत्कृष्ट पत्रकारीता पुरस्कारबाट पुरस्कृत गरेको छ ।


संस्थाको नवौं वार्षिक साधारण सभाको अवसर पारेर संस्थाले खड्कालाई नगदसहित पुरस्कृत गरेको हो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेल, उपप्रमुख सरस्वती चौधरी, संस्थाकी अध्यक्ष कोपिला सिंखडालगायतले खड्कालाई पुरस्कार वितरण गरेका थिए ।


घण्टीमाई सहकारीले हालै आफ्नो नवनिर्मित भवनबाट सेवा सुचारु गरेको छ । औराहको मुख्य चोकमा रहेर लामो समय सेवा प्रवाह गर्दै आएको घण्टीमाई साकोसले आफूलाई सफल सहकारीको रुपमा स्थापित गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्