औराहमा रुखबाट लडेर एक जनाको मृत्यु

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका-४ औराहमा बुधबार बिहान रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६४ वर्षीय ज्ञानबहादुर थिङ रहेका छन् ।
थिङ आफ्नै घर नजिक बकाइनोको रुखमा चढी घाँस काट्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई तत्कालै जीतपुरसिमरा नगर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।
थिङ स्थानीय स्तरमा गुण्डा नामले परिचित थिए । उनको निधनमा वडाध्यक्ष इश्वर केसी, नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाहलगायतले दुःख व्यक्त गरेका छन् ।





