जीतपुरसिमरा उपमहानगरले थाल्यो सहकारी क्षेत्रको नियमन


eShilalekh

४ पुष २०७९, सोमबार १२:३३

सिमराः सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन जीतपुरसिमरा उपमहानगरपालिकाले नियमन प्रक्रिया थालेको छ । सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ बमोजिम उपमहानगरपालिकाले नियमन गर्ने प्रक्रिया सुरु गरेको हो ।

उपमहानगरपालिकाले सूचना जारी गर्दै संस्थागत तथा व्यवसायिक कारोवारको विवरण कोपोमिसमा अनिवार्य प्रविष्ट गर्न सहकारी क्षेत्रलाई आग्रह गरेको छ । उक्त कार्यका लागि उपमहानगरपालिका अन्तर्गत रहेको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाले सहजीकरण गर्ने जनाएको छ ।

उमहानगरपालिकाले जारी गरेको सूचनामा प्रत्येक महिनाको सात दिनभित्र मासिक, प्रत्येक चौमासिक अवधी व्यतित भएको १५ दिन भित्र चौमासिक र आर्थिक वर्ष व्यतित भएको ३० दिन भित्र वार्षिक प्रतिवेदन रजिष्ट्रारले तोकेको ढाँचा बमोजिम एकिकृत सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) मा दाखिला गर्न आग्रह गरेको छ । उक्त कार्यका लागि उपमहानगरपालिकाको सहकारी शाखाका सम्पर्क गर्न समेत सूचनामार्फत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्