निजगढ विमानस्थलको काम छिट्टै सुरु हुन्छः प्रधानमन्त्री प्रचण्ड


eShilalekh

१७ पुष २०७९, आईतवार १५:४७

सिमराः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अब निजगढ विमानस्थल बनाउन लाग्ने बताए ।

मुलुकले तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा पोखरा विमानस्थललाई पाएको र अब निजगढको कामलाई अघि बढाउन आफू प्रतिवद्ध रहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्