साना किसान कृषि सहकारी प्रसौनीको प्रथम अधिवेशन सम्पन्न


eShilalekh

२० पुष २०७९, बुधबार २३:००

कलैयाः प्रसौनीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रथम अधिवेशन तथा तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन बारा क्षेत्र नं. ४(२) का प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री जितेन्द्र सोनलले गरेका हुन् ।

अधिवेशनको उद्घाटन गर्दै सोनलले स्वास्थ्य, शिक्षा, जनचेतनाको विकासपछि मात्रै आर्थिक रुपान्तरण सम्भव रहेको बताए । उनले सहकारी क्षेत्रले आर्थिक सामाजिक रुपान्तरणमा भूमिका खेलेको बताए ।

कार्यक्रममा असल कारोबार गर्ने २० जनालाई पुरस्कार र तीन जना जेष्ठ शेयर सदस्यलाई सम्मान गरेको छ । यस्तै संस्थाको स्थापनामा महत्वपूर्ण भुमिका खेलेको भन्दै साना किसान कृषि संघ लिमिटेड बाराका अध्यक्ष मिश्रिलाल सहनी, साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाका मुख्य प्रबन्धक पुष्पराज खतिवडालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रसौनी गाँउपालिकाका पूर्वअध्यक्ष भोलाप्रसाद गुप्ता, पूर्वउपाध्यक्ष गिता साह, साना किसान कृषि सहकारी संघ बाराका उपाध्यक्ष नयनकला खड्का, सदस्य विन्दा सिंह, जयकिसुन चौधरीलगायतको उपस्थिती रहेको थियो ।

सभाले अध्यक्ष संगिता आचार्यको संस्थागत प्रतिवेदन, प्रबन्धक विकास यादवको प्रगती एवम् आगामी बर्षको बजेट तथा कार्यक्रम सुझाव सहित पारित गरेको छ ।

यसैगरी अधिवेशनले रुनादेवी कलवारको अध्यक्षतामा सात सदस्यीय संचालक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा आशादेवी गुप्ता, सचिव संगिता आचार्य, कोषाध्यक्ष हिरामती देवी यादव रहेका छन् । यस्तै सदस्यमा लक्ष्मीदेवी साह, लालमुनी देवी र हिरामती देवी कानुलाई चयन गरिएको छ ।

अधिवेशनले ममतादेवी कानुको संयोजकत्वमा रंजिता कुमारी चौहान र सन्जु कुशवाहा रहने गरी तीन सदस्यीय सदस्य आन्तरिक लेखा सुपरिवेक्षण समिति समेत गठन गरेको सहायक प्रबन्धक देवकी न्यौपानले जानकारी दिईन् ।

आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाको संचालन संस्थाका सल्लाहकार संयोजक निप्पुकुमार गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्