२८ वर्षपछि जिल्ला सहकारी संघ अस्तित्वमा


eShilalekh

२० पुष २०७९, बुधबार २३:११

कलैयाः जिल्ला सहकारी संघ लिमिटेड २८ वर्षपछि अस्वित्वमा आएको छ । २०५१ सालदेखी निष्क्रिय रहेको संघ बुधवारदेखि पुनः अस्तित्वमा आएको हो ।

लामो समयदेखि निष्क्रिय रहेको संघलाई साना किसान कृषी सहकारी संघ, बारा जिल्ला बचत तथा ऋण सहकारी संघलगायतका सहकारी संघसंस्थाका संचालकको सक्रियतामा जिल्ला समिति गठन गरिएको छ ।

कलैयामा सम्पन्न साधारणसभाले उपेन्द्रप्रसाद जयसवालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा सत्यन्द्र ठाकुर, सचिव मिश्रीलाल सहनी, कोषाध्यक्ष नयनकला खड्का रहेका छन् । यसैगरी समितिको सदस्यमा मुकुन्दबहादुर क्षेत्री, बिजयकुमार सोनार संजिला खातुन, अस्तुरनदेवी चौधरी, विन्दा सिंह, रामाधार ठाकुर र सिकेन्द्र पासवान चयन भएका छन् ।

२०१३ सालमा स्थापना भएको जिल्ला सहकारी संघ लिमिटे २०५१ पछि निष्क्रिय रहेको थियो । संघको कलैयामा तीन कठ्ठा जमिन र सो जमिनमा गोदाम सहित कार्यालय भवन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्