संघीय सांसदको नाम वर्णानुक्रमानुसार सार्वजनिक, बाराका अच्युत मैनाली एक नम्बरमा


eShilalekh

२८ पुष २०७९, बिहीबार ०९:३७

सिमराः मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुको नामावली वर्णानुक्रमानुसार सार्वजनिक गरिएको छ । संघीय संसद सचिवालयले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको नाम वर्णानुक्रमानुसार सार्वजनिक गरेको हो ।

संसद सचिवालयले सार्वजनिक गरेको दुई सय ७५ जना सांसदको सूचिमा बारा क्षेत्र नं. १ बाट निर्वाचित अच्युत मैनाली पहिलो नम्बरमा परेका छन् । नेकपा एमाले पोलिटव्युरो सदस्य समेत रहेका मैनालीको नाम वर्णानुक्रमानुसार एक नम्बरमा राखिएको हो ।

यसैगरी बाराकी अर्की सांसद उमरावती देवी २७ नम्बरमा छिन् । उनि नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक सांसद चुनिएकी हुन् ।

यता बारा क्षेत्र नं. ४ बाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ (किसान) सूचिको ४० नम्बरमा छन् । पूर्वमन्त्री श्रेष्ठ नेकपा एकिकृत समाजवादीबाट निर्वाचित भएका हुन् ।

यसैगरी वर्तमान सरकारको मन्त्री समेत रहेकी ज्वालाकुमारी साह ६३ नम्बरमा छिन् । एमाले पोलिटव्युरो सदस्य समेत रहेकी साह बारा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेता चयन भएका रामसहाय यादव १९२ नम्बरमा छन् । पूर्वमन्त्री समेत रहेका यादव बारा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्