सिमरा महिला सहकारीद्धारा आयोजित मखमलको जुत्ता बनाउने तालिम सम्पन्न


eShilalekh

२९ पुष २०७९, शुक्रबार २१:१२

सिमराः आफ्ना सेयर सदस्यलाई स्वरोजगार बनाउने उदेश्यसहित सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको १५ दिने तालिम शुक्रवार सम्पन्न भएको छ ।

वार्षिक सिप विकास कार्यक्रम अन्तर्गत आफ्नो २० जना सेयर सदस्यलाई आत्मनिर्भर बनाउन संस्थाले तालिमको आयोजना गरेको थियो । पुस १५ गते सुरु भएको तालिममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १, २, ३, ४ र ९ का महिला सेयर सदस्य सहभागी थिए ।

जेष्ठ नागरिक पूर्णकला पाध्याको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा सहभागीले बनाएको मखमलको जुत्ता प्रदर्शन गर्नुका साथै सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख सरस्वतीदेवी चौधरी, जनकल्याण साकोसकी अध्यक्ष कमला घिमिरे, घण्टीमाइ साकोसकी अध्यक्ष कोपिला सिंखडा, प्रशिक्षक अमृता रम्तेल, शान्तिदेवी झा, निर्वतमान कार्यपालिका सदस्य शुभद्रा न्यौपाने, संस्थाकी गिता शर्मा, लेखा समिति संयोजक सरस्वती गौतमलगायतको उपस्थिती रहेको थियो ।

संस्थाकी अध्यक्ष अनिता लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण भिमादेवी शर्माले गरेकी थिईन् । कार्यक्रममा उपाध्यक्ष मुना खरेलले स्वागत मन्तब्य राखेकी थिईन् ।

यसअघि तालिमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्