दुधौरा रमाइलो मेला विहिवारदेखि सुरु हुँदै


eShilalekh

४ माघ २०७९, बुधबार १८:४३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ र १४ लाई जोड्ने दुधौरा पुलमा विहिवारदेखि रमाईलो मेला सुरु हुदैछ । मेलाको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्ने भएका छन् ।

यसअघि माघ १ गतेदेखि सुरु हुने भनिएको मेला प्राविधिक कारण देखाउदै आयोजकले ५ गतेका लागि सारेको थियो । लिड इन्टरटेन्टमेन्ट एण्ड एड्भरटाईजिङको मुख्य आयोजना र युजा समाज डुमरवानाको सहआयोजनामा मेला हुन लागेको हो ।

माघ २० गतेसम्म संचालन हुने मेलाले स्थानीय व्यापारव्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । मेलामा व्यवसायसंगै राष्ट्रिय तथा स्थानीय कलाकारको मनोरञ्जनात्मक प्रस्तुति रहने आयोजक लिड इन्टरटेन्टमेन्टका अध्यक्ष बिमल खड्गीले जानकारी दिएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ को व्यवस्थापकीय सहयोगमा हुन लागेको मेलामा ५० वटा व्यवसायिक स्टल रहनेछन् । मेला आयोजकले बालबालिकाका लागि बाल उद्यान र सेल्फी जोन राख्ने तयारी गरेको छ ।

मेलामा प्रमोद खरेल, मिस्टर डी, प्रकाश सपुत, पशुपति शर्मा, अस्मिता अधिकारी, ज्योती मगरलगायत ५० जना भन्दा कलाकारको प्रस्तुति रहने अध्यक्ष खड्गीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्