डुमरवाना कपः वीरगन्ज युथ एकेडेमी बिजयी, सेमिफाइनलको समिकरण पूरा


eShilalekh

१० माघ २०७९, मंगलवार २०:४२

सिमराः वीरगन्ज युथ एकेडेमी दोस्रो डुमरवाना कप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा भेट्रान्सलाई १-० ले पराजित गर्दै वीरगन्ज अन्तिम चारमा प्रवेश गरेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १५ स्थित चारपाते खेल मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा वीरगन्जलाई जित दिलाउन सुजन डंगोलले निर्णायक गोल गरेका थिए ।

वीरगन्जको जितसंगै डुमरवाना कपको सेमिफाईनल समिकरण पूरा भएको छ । वीरगन्जले अब फाइनल प्रवेशका लागि विहिवार एपिएफ क्लब बर्दिबाससंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत बुधवार एभरेष्ट फूटबल क्लब सर्लाही र वीरगन्ज युनाईटेड क्लबबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।

जनमुखी चारपाते युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्