रक्षा मन्त्री उप्रेतीले गरे निर्माणाधिन तराई–मधेस द्रुतमार्गको निरीक्षण


eShilalekh

११ माघ २०७९, बुधबार १९:२६

सिमराः नेपाल सरकारका रक्षा मन्त्री हरि उप्रेतीले निर्माणधिन तराई–मधेस द्रुतमार्गको बुधवार निरीक्षण गरेका छन् । मन्त्री उप्रेतीले नेपाली सेनाको हेलिकप्टरबाट हवाई र स्थलगत निरीक्षण गरेका थिए ।

मन्त्री उप्रेतीले निरीक्षणका क्रममा द्रुतमार्ग निर्माणको पछिल्लो अवस्थाका बारेमा सेनासंग जानकारी लिएका छन् । निरीक्षणका क्रममा प्रधान सेनापति प्रभुराम शर्मासहित मन्त्रालय र द्रुतमार्ग आयोजनाको टोली सहभागी थिए ।

तस्वीरः नेपाल सेना

प्रतिक्रिया दिनुहोस्