करेन्ट लागेर सिम्रौनगढमा एक जनाको मृत्यु

कलैया: बाराको सिम्रौनगढ नगरपालिका–३ नयकाटोलामा बुधबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय विजय दास रहेका छन् ।
आफ्नै खेतमा मोटरबाट पानी निकाल्ने क्रममा स्थानीय दासलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका दासलाई उपचारका लागि धर्मलाल क्लिनिक सिम्रौनगढ ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
दासको शव शल्यपरीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता मिनबहादुर घलेले जानकारी दिए ।







