आत्मदाह गरेका आचार्यप्रति श्रद्धान्जली व्यक्त गर्दै जीतपुरमा दीप प्रज्वलन


eShilalekh

११ माघ २०७९, बुधबार १९:३९

सिमराः काठमाण्डौमा आत्मदाह गरेका प्रेमप्रसाद आचार्यप्रति श्रद्धान्जली ब्यक्त गर्दै जीतपुरमा बुधवार साँझ दीप प्रज्वलन गरिएको छ ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले दीप प्रज्जवलन गरेको हो । कार्यक्रममा संघका पदाधिकारीसहित स्थानीय व्यापारी, व्यवसायीको उपस्थिती रहेको छ ।

दीप प्रज्वलन कार्यक्रममा यस्तो घटना दोहोरिन नदिने वातारण निर्माण गर्न नेपाल सरकारलाई ध्यानाकर्षण समेत गराएका छन् । व्यापारी, व्यवसायीको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गईरहेको भन्दै संघका पदाधिकारीले सरकारले ठोस कदम चाल्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्