बोत्तल र जर्किनमा इन्धन बिक्री नगर्न निगमको अनुरोध, बिक्री गरेमा कारवाही


eShilalekh

११ माघ २०७९, बुधबार २०:३४

सिमराः नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खुलारुपमा बिक्री नगर्न बिक्रेतालाई आग्रह गरेको छ । निगमले बुधवार विज्ञप्ति जारी गर्दै सवारी साधनमा बाहेक बोत्तल, जर्किनमा इन्धन बिक्री नगर्न बिक्रेतलाई आग्रह गरेको हो ।

‘अति प्रज्वलनशील पेट्रोलियम पदार्थ खुल्लारुपमा बोतल, जर्किन लगायतका भाँडामा बिक्री वितरण, असुरक्षित ओसारपसार तथा घर, पसलमा भण्डारण गर्दा आगलागी र मानवीय एवम् भौतिक क्षति समेत हुने संवेदनशील विषय भएकोले पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपमा बिक्री वितरण नगर्नु र नगराउनु हुन सूचित गरिन्छ’ निगमद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निगमले विज्ञप्तिमार्फत सुरक्षा संवेदनशीलतालाई अवज्ञा गरी खुल्लारुपमा पेट्रोलियम पदार्थको बिक्री वितरण गरेको पाइएमा त्यस्ता बिक्रेतलाई कारवाही गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्