दुधौरा मेलामा आज पशुपति शर्माले प्रस्तुति दिने


eShilalekh

१२ माघ २०७९, बिहीबार १७:४०

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित दुधौरा खोलामा जारी रमाइलो मेलामा बिहिवार साँझ गायक पशुपति शर्माले प्रस्तुति दिदैछन् । मेलामा साँझ ६ बजेपछि उनको सांगीतिक प्रस्तुति रहनेछ ।

शर्मासंगै गायक बिकास पाण्डे, रमेश श्रेष्ठको सांगीतिक प्रस्तुतिका साथै काठमाण्डौंबाट आएका कलाकारले नृत्य प्रस्तुत गर्ने आयोजक लिड इन्टरटेनमेन्ट एण्ड एड्भरटाइजिङले जनाएको छ ।

माघ ५ गतेदेखि भइरहेको मेलामा राष्ट्रिय र स्थानीय कलाकारले प्रस्तुति दिदै आएका छन् । मेला माघ २० गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्