निजी विद्यालयमा व्यवस्थापन समिति गठन गर्न उपमहानगरको निर्देशन


eShilalekh

१३ माघ २०७९, शुक्रबार ११:१७

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्र भित्र रहेका संस्थागत (निजी) विद्यालयमा व्यवस्थापन समिति गठन गर्न निर्देशन दिएको छ । उपमहानगरले सूचना जारी गर्दै फाल्गुन १० गतेभित्र समिति गठन गर्न निर्देशन दिएको हो ।

नगर शिक्षा ऐन २०७५ को परिच्छेद ५, दफा १९ को उपदफा ६ बमोजिम निजी विद्यालय संचालन, व्यवस्थापन र रेखदेख गर्नका लागि व्यवस्थापन समिति गठन गर्नुपर्ने व्यवस्था रहेको जनाउदै उपमहानगरपालिकाको कार्यालयले समिति गठन गर्न निजी विद्यालयको नाममा सूचना जारी गरेको हो । उपमहानगरपालिकाका अनुसार अधिकांश निजी विद्यालयमा व्यवस्थापन समिति गठन भएको छैन् ।

उपमहानगरपालिका भित्र ६३ वटा सामुदायिक र ५० वटा निजी विद्यालय छन् । सामुदायिक विद्यालयमा व्यवस्थापन समिति गठन भएपनि निजी विद्यालयमा समिति गठन भएको जानकारी कार्यालयमा नआएको शिक्षा महाशाखाका प्रमुख शिवजी प्रसादले बताए ।

नगर शिक्षा ऐनमा निजी विद्यालयले समेत समिति गठन गर्नुपर्ने प्रावधान रहेकाले पुनः सूचना जारी गरेर निर्देशन गरिएको शिवजी प्रसादले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्