शिक्षक संघको नगर अधिवेशन सम्पन्न, दासको नेतृत्वमा समिति चयन


eShilalekh

१४ माघ २०७९, शनिबार १९:२१

सिमराः नेपाल शिक्षक संघ जीतपुरसिमरा नगर कार्यसमितिको दोस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले जयप्रकाश दासको नेतृत्वमा समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा मनोजकुमार पोखरेल, उपाध्यक्ष (महिला) मा गुड्डी शर्मा, सचिवमा सीता अधिकारी, पंकज शर्मा, सहसचिवमा गोमा दाहाल, लक्ष्मण कुशवाहा, राजेश दास, सदस्यमा जयादेवी पौडेल, धर्मेन्द्र चौधरी, किशोरी लाल बछार रहेका छन् ।

निजगढमा घिमिरेको नेतृत्वमा समिति चयन

नेपाल शिक्षक संघ निजगढ नगर कमिटीको अधिवेशनले मुरारी घिमिरेको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।

मितिको उपाध्यक्ष (महिला) मा उमरकुमारी श्रेष्ठ, उपाध्यक्षमा दिनेश गुरो, सचिवमा उपेन्द्र केशरी, शम्भुप्रसाद दाहाल, सहसचिव पवित्रा काफ्े, पितामाया पराजुली, सविता कटुवाल, प्रमिला जसेली र जीवन पाख्रीन रहेका छन् ।

यसैगरी सदस्यमा रामकुमार गुरो, विन्दा गिरी र सन्तकुमारी माझी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्