मृतक व्यवसायीलाई सम्झदै सिमरामा दीप प्रज्वनल


eShilalekh

१४ माघ २०७९, शनिबार २०:४१

सिमराः जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ र होटल तथा पर्यटन व्यवसायी संघले शनिवार साँझ सिमरामा दीप प्रज्वनल गरेको छ ।

केही दिन अघि आत्मदाह गरेका व्यवसायी प्रेमप्रसाद आचार्य र आत्महत्या गरेका विराटनगरका व्यवसायी मोहनप्रसाद न्यौपानेको सम्झनामा दुवै संघले संयुक्तरुपमा दीप प्रज्वलन गरेका हुन् ।

दुवै व्यवसायीले व्यवसायिक कारोबार बिग्रिएको कारण देखाउदै आत्महत्या गरेका थिए । व्यवसायीले आत्महत्या गर्ने वातावरण बन्न नदिन र लगानी सुनिश्चिताको आधार खडा गर्न व्यवसायीसम्बद्ध संघसंस्थाले सरकारको ध्यानाकर्षण गराउदै आएका छन् ।

व्यवसायीहरुले पछिल्लो समय बैंकको बढ्दो ब्याजदरको खुलेर विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्