जीतपुरसिमरा, कलैया र परवानीपुरले गरे प्रजिअ कटुवालको विदाई


eShilalekh

१५ माघ २०७९, आईतवार १७:१५

सिमराः गृह मन्त्रालयमा सरुवा भएका बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई आइतवार विभिन्न स्थानीय तह र संघसंस्थाले बिदाई गरेका छन् ।

जिल्लाबाट सरुवा भएका मन्त्रालय जान लागेका प्रजिअ कटुवाललई जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उमपहानगरपालिका, परवानीपुर गाँउपालिका, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघलगायतले बदाई गरेका हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिकामा नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले प्रजिअ कटुवालको बिदाई गरेका थिए । बिदाई कार्यक्रममा शिक्षा महाशाखा प्रमुख शिवजीप्रसाद, वडाध्यक्ष सुभाष श्रेष्ठ, अधिकृत रामेश्वर बन्जारा, सुदन चौधरी, राम शर्मा पौडेल, दुर्गा न्यौपाने, संघर्ष बिडारी, स्वास्थ्य शाखा प्रमुख रवि भाष्कर, इन्जिनियर पुष्पा सिंह, संजीव रुपाखेतीसहित उपमहानगरपालिकाका कर्मचारीको उपस्थिती रहेको थियो ।

यसैगरी कलैया उपमहानगरपालिकामा नगर प्रमुख विनोद साह, उपप्रमुख रौशन परविन, प्रमुख प्रशासकीय अधिकृत नाथु साहलगायतले बिदाई गरेका थिए । प्रजिअ कटुवाललाई बिदाई गर्न आयोजित फेरी भेटौला कार्यक्रममा कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।

यता परवानीपुर गाँउपालिकाले पनि प्रजिअ कटुवाललाई बिदाई गरेको छ । गाँउपालिका अध्यक्ष राम क्षत्री कुर्मी, प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारलगायतको उपस्थिती रहेको थियो ।

यसैगरी जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले पनि प्रजिअ कटुवाललाई बिदाई गरेका छन् । जीतपुरस्थित संघको कार्यालयमा आयोजित कार्यक्रममा प्रजिअ कटुवाललाई बिदाई गरिएको हो ।

कार्यक्रममा संविधान सभाका सदस्य शोभाकर पराजुली, मधेस प्रदेश सभासदस्य देवनारायण चौधरी, संघका अध्यक्ष मोहन शर्मा, निवर्तमान अध्यक्ष सञ्जय साहलगायत संघका पदाधिकारी तथा सदस्यको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्