वडास्तरीय योजना वडा कार्यालयमै सम्झौता गर्न जीतपुरसिमरा उपमहानगरले दियो अख्तियारी


eShilalekh

१५ माघ २०७९, आईतवार २०:५९

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकाले वडास्तरीय योजना वडा कार्यालयबाट सम्झौता गर्नेगरी अख्तियारी प्रदान गरेको छ । उपमहानगरपालिकाको सातौं नगर कार्यपालिकाको निर्णय बमोजिम आइतबार अख्तियारी दिइएको हो ।

अख्तियारी दिएसंगै आर्थिक वर्ष २०७८/०७९ का लागी वडाबाट विनियोजित २० लाखसम्मको वडास्तरका योजना अब वडा कार्यालयबाटै सम्झौता हुनेछ । यसअघि सम्झौताका लागि उपमहानगरपालिकाको कार्यालय पुग्नुपर्ने बाध्यता थियो ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले नगरबासीको सहजताका लागी वडा कार्यालयमा सेवा बिस्तार गरेको जानकारी दिए । स्थानीय सरकार संचालन ऐन  २०७४ को दफा ७३ को उफदफा २ मा प्रमुख प्रशासकीय अधिकृतले अधिकार प्रत्यायोजन गर्न सक्ने प्रावधान बमोजिम वडालाई अख्तियारी दिइएको पोखरेलको भनाइ छ ।

वडा कार्यालयमा सचिवले वडास्तरीय योजनाको सम्झौता गर्नेछन् । योजना सम्झौतासंगै व्यवसाय र उपभोक्ता समिती दर्ता समेत वडा कार्यालयमै हुनेछ ।

यस्तो छ वडा कार्यालयलाई अख्तियारी प्रदान गरिएको पत्र:

प्रतिक्रिया दिनुहोस्