जीतपुरसिमराका नगर प्रमुख र प्रशासकीय अधिकृतले गरे विद्यालयको निरीक्षण


eShilalekh

१९ माघ २०७९, बिहीबार २०:४६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिृकत चेतकुमार पोखरेलले अमलेखगंजस्थित विद्यालयको निरीक्षण गरेका छन् ।

जीतपुरसिमरा २१ स्थित वडा कार्यालयमा भएको पहिलो योजना सम्झौता कार्यक्रममा सहभागी हुन पुगेका प्रमुख पौडेल र प्रशासकीय अधिकृत पोखरेलले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको निरीक्षण गरेका हुन् ।

पौडेलले र पोखरेलले विद्यालयका शिक्षकको नियमित उपस्थिती र विद्यालयको पछिल्लो अवस्थाको विषयमा प्रध्यानाध्यापक प्रवीण काफ्लेसंग जानकारी लिएका थिए ।

प्रध्यानाध्यापकसंगको जानकारीपछि प्रशासकीय अधिकृत पोखरेलले कक्षा कोठाको समेत निरीक्षण गर्दै विद्यार्थीसंग दोहोरो संवाद समेत गरे । कक्षाकोठामा पुगेर विद्यार्थीलाई अनुशासित हुन, अभिभावकको सम्मान गर्न र सभ्य नागरिकको परिचय स्थापित गर्न पोखरेलले आग्रह गरेका थिए ।

विद्यार्थीले प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई अंग्रेजी विषयको शिक्षक नभएका कारण समस्या भन्दै शिक्षक व्यवस्थापन गरिदिन माग गरेका थिए । अंग्रेजी विषयको शिक्षकको हालै सरुवा भएकाले उक्त रिक्त पदमा अर्को शिक्षक तत्कालै व्यवस्था गर्ने प्रतिवद्धता पोखरेलले जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्