सिमरामा खुल्यो हिमालयन कफी सप एण्ड बर्गर हाउस


eShilalekh

२५ माघ २०७९, बुधबार ०९:२३

सिमराः पछिल्लो समय सिमरामा ठुलो लगानीका होटल तथा रेष्टुरेन्ट खुल्ने क्रम बढ्दो छ । ठुला होटल तथा रेष्टुरेन्ट खुल्दै गर्दा पर्यटक तथा सर्वसाधारणका लागि सिमरा विकसित शहरको रुपमा चिनिन थालेको छ ।

सिमरालाई केन्द्रीत गरेर ठुला लगानी भित्रिरहेका छन् । थुप्रै होटल र रेष्टुरेन्टकाबीच मंगलवार हिमालयन कफी सप एण्ड बर्गर हाउस संचालनमा आएको छ । सिमराका युवा व्यवसायी किशोन ढकालकाले कफी सप एण्ड बर्गर हाउस संचालनमा ल्याएका हुन् ।

सिमरा विमानस्थल नजिकै रहेको कफी सप एण्ड बर्गर हाउस झण्डै ८० लाखको लागतमा खुलेको हो । कफी सपलाई आकर्षक बनाउन ढकालले सजावटमा ठुलो लगानी गरेका छन् । स्थानीय सर्वसाधारण र विमानस्थलमा आवतजावत गर्ने यात्रुलाई लक्षित गरेर कफी सप संचालनमा ल्याएको ढकालले बताएका छन् ।

कफी र बेकरीलाई लक्षित गरेर सिमरामा ठुलो लगानीमा खुलेको यो दोस्रो कफी सप हो । यसअघि सिमरास्थित अल्पाइन अस्पताल अगाडी ठुलो लगानीको एस बेकरी क्याफे संचालनमा छ । यस्तै सुर्य नेपाल अगाडी रहेको माइल्स २९ क्याफे एण्ड पबले पनि कफी बिक्री गर्छ । माइल्सले कफीसंगै मदिराजन्य पदार्थ बिक्री गर्ने गरेको छ भने कफी र बेकरीलाई मात्रै लक्षित गरेर खुलेका एस बेकरी र हिमालयन हुन् ।

प्रतिक्रिया दिनुहोस्