लागुऔषध चरेससहित महिला पक्राउ


eShilalekh

७ कार्तिक २०७८, आईतवार ०९:४९

कलैया : बारा प्रहरीले लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पोखरिया ४ की ४१ वर्षिया लालशादेवी रौनियार रहेकी छिन् ।


उनलाई कलैया उपमहानगरपालिका १० स्थित नेपाल–भारत सिमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले सात किलो पाच सय ग्राम चरेस फेला पारेको हो ।


रौनियारले शरिरको कम्मर र तिघ्रामा बाधेर चरेस भारततर्फ लैजान लागेको प्रहरीको भनाई छ । पक्राउ परेकी महिलालाई लागुऔषध मुद्धामा कारवाही र अनुसन्धान थालिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्