निःशुल्क ऑखा जॉच शिविर सम्पन्न


eShilalekh

७ कार्तिक २०७८, आईतवार १०:०३

सिमरा : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।


लायन्स क्लब अफ जीतपुरसिमरा, मात्रिका फाउण्डेसन र लियो क्लब अफ जीतपुरसिमराको संयुक्त आयोजनामा सम्पन्न शिविरमा तीन सय पॉच जनाले सेवा आँखा जाँच गराएका छन् ।


शिविरमा मात्रिका फाउण्डेसन वीरगन्जका दृष्टी विशेषज्ञ डा. अमृत आचार्य नेतृत्वको टोलीले आँखा जाँच गरेको थियो । आँखा जाँच गरिएका मध्ये ८३ जनामा मोतियाबिन्दुको समस्या देखिएको मेडिकल असिस्टेन्ट सञ्जय कुमारले जानकारी दिएका छन् ।


मोतियाबिन्दु देखिएकाहरुको वीरगन्जस्थित मात्रिका फाउण्डेसनमा निःशुल्क शल्यक्रिया गरिने लायन्स क्लब अफ जीतपुरसिमराका प्रेसिडेन्ट नारायणी रायमाझीले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्