छात्रवृत्तिका लागी सिमरा खानेपानीले गर्यो पाँच छात्रछात्राको नाम सिफारिस


eShilalekh

४ फाल्गुन २०७९, बिहीबार २१:२५

सिमराः सिमरास्थित खानेपानी उपभोक्ता तथा सरसफाई समितिले पाँच जना छात्रछात्राको नाम छात्रवृत्तिका लागि सिफारिस गरेको छ । सिमरा कलेजसंग भएको सम्झौताअनुसार खानेपानीको कार्यालयले छात्रछात्राको नाम सिफारिस गरेको हो ।

छात्रवृत्तिका लागी सिफारिस हुनेमा नितेश घिमिरे, मल्लिका न्यौपाने, रेस्लिना महर्जन, अनिशा चौधरी र बिगत थापा क्षेत्री रहेका छन् । उनिहरुले सिमरा कलेबाट स्नातक र स्नाकोत्तर तहको अध्ययन गर्न छात्रवत्ति पाएका हुन् ।

खानेपानीको कार्यालयले पुष १७ गते सूचना जारी गर्दै छात्रवृत्तिका लागी आवेदन दिन माग गरेको थियो । आवेदन दिएकामध्ये कार्यालयले पाँच जनाको नाम सिफारिस गरेको हो ।

खानेपानीको कार्यालय र सिमरा कलेजबीच प्रत्येक वर्ष पाँच जना छात्रवृत्ति उपलब्ध गराउने सहमति भएको थियो । सहमति अनुसार सिमरा खानेपानीले प्रत्येक वर्ष पाँच जनाको नाम सिफारिस गर्नेछ ।

खानेपानीको कार्यालयले सिमरा कलेजको अक्षय कोषलाई २० लाख सहयोग हस्तान्तरण गर्ने क्रममा छात्रवृत्तिका लागी सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्