हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत जीतपुरसिमरामा बहुनिकाय गोष्ठी सम्पन्न


eShilalekh

८ फाल्गुन २०७९, सोमबार २०:०६

सिमराः हात्तीपाईले रोगविरुद्धको अभियानलाई प्रभावकारी रुपले अघि बढाउन जीतपुरसिमरा उपमहानगरपालिकाले सोमबार सरोकारवाला निकायसंग छलफल गरेको छ ।

हात्तीपाईले रोग निवारणका लागि योजना निर्माण गर्न उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले गोष्ठीको आयोजना गरेको हो ।

गोष्ठीमा उपमहानगरपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्यलगायतको उपस्थिती रहेको थियो । हात्तीपाइले रोगविरुद्धको अभियानलाई वडातहमा प्रभावकारी बनाउनका निम्ति गोष्ठीमा छलफल भएको स्वास्थ्य महाशाखाका प्रमुख रवि भाष्करले जानकारी दिए ।

महाशाखा प्रमुख भाष्करले हात्तीपाईले रोग नियन्त्रणको उपाय औषधी सेवनबाहेक अन्य नरहेको र त्यसका लागि सम्पूर्ण नगरबासीसम्म औषधी पुर्याउने गरी भूमिका खेल्न जनप्रतिनिधिलाई आग्रह गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य महाशाखाका जितन ठाकुरलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्