खुशी बनिन् ‘मिस होली गार्डेन’


eShilalekh

१३ फाल्गुन २०७९, शनिबार २१:३८

पथलैयाः २०औं वार्षिकोत्सवका अवसरमा पथलैयास्थित होली गार्डेन इङलिस स्कुलद्धारा आयोजित ‘मिस होली गार्डेन’ को उपाधी खुशी मल्ल ठकुरीले जितेकी छिन् ।

वार्षिकोत्सव समारोहका अवसरमा आयोजित कार्यक्रममा स्कुलले छात्राहरुको सहभागितामा मिस होली गार्डेन प्रतियोगिता आयोजना गरेको थियो । यसैगरी छात्रा छुमन लामा फस्ट रनरअप र प्रयोग्शा लामा सेकेण्ड रनरअप भएका छन् ।

प्रतियोगितामा नौ जना छात्राहरुले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्