सिमरामा महिन्द्राको केयर फेस्ट सुरु, ६ दिन संचालन हुने


eShilalekh

१४ फाल्गुन २०७९, आईतवार १९:४५

सिमराः महिन्द्रा कम्पनीको आधिकारिक सर्भिस सेन्टरको रुपमा रहेको सिमरा अटो जोनको आयोजनामा आइतवारदेखि केयर फेस्ट सुरु भएको छ । महिन्द्रा कम्पनीको देशव्यापी कार्यक्रम अन्तर्गत केयर फेस्ट सुरु भएको हो ।

फाल्गुण १९ गतेसम्म आयोजना हुने केयर फेस्टमा सर्भिसतर्फ ४५ प्रतिशतसम्म छुटको व्यवस्था रहेको सिमरा अटो जोनका संचालक राजेश क्षेत्रीले जानकारी दिएका छन् । वीरगन्जस्थित किरण आँखा अस्पतालका चिकित्सकको प्राविधिक सहयोगमा केयर फेस्ट संचालन हुने अवधीभरी निःशुल्क आँखा र रक्तचाप परीक्षणको व्यवस्था गरिएको क्षेत्रीले बताए ।

उनले सर्भिस र मर्मतका लागी आउने महिन्द्रा कम्पनीका सवारी धनी, चालक, सहचालकलगायतका लागी उक्त सुविधा राखिएको बताएका छन् ।

यसअघि केयर फेस्टको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले शुभारम्भ गरेका थिए । कार्यक्रममा जीतपुरसिमरा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष संजय साह, नव जनजागृति युवा क्लबका महासचिव शम्भुसिंह ठकुरी, जीतपुरसिमरा १ का वडा सदस्य अमन लामा, बारा राइडर्स एशोसिएसनका संस्थापक अध्यक्ष निराजन थापालगायतको उपस्थिती रहेको थियो ।

सिमरा अटो जोनका संचालक मुकुन्दबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रदीप गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्