परवानीपुर गोल्डकपको उपाधीका लागि वीरगन्ज र जनकपुर भिड्ने


eShilalekh

२ चैत्र २०७९, बिहीबार २१:०४

सिमराः दोस्रो परवानीपुर गोल्डकपको उपाधीका लागी वीरगन्ज र जनकपुर भिड्ने भएका छन् । दोस्रो सेमिफाइनल खेलमा सर्लाही फूटबल क्लबविरुद्ध संघर्षपूर्ण जित निकाल्दै जनकपुरले वीरगन्जसंगको भेट पक्का गरेको हो ।

उपाधी होडमा उभिने क्रममा जनकपुरले गोरखा फूटबल क्लबलाई सडन डेथमा पराजित गरेको छ । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछि जनकपुरले सडन डेथमा जित निकालेको हो ।

जनकपुरका गोलरक्षक सागर थापा खेलको म्यान अफ दि म्याच घोषित भए । उनले पाँच हजार नगद प्राप्त गरे । जनकपुरले उपाधीका लागि शनिवार वीरगन्जको सामना गर्नेछ । आयोजक परवानीपुर युथ क्लबलाई पराजित गर्दै वीरगन्ज यसअघिनै प्रतियोगिताको अन्तिम दुईमा प्रवेश गरिसकेको छ ।

परवानीपुर युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा मधेश प्रदेशका ६ र बागमती प्रदेशका दुई गरी आठ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्