पाचौं मधेस प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न


eShilalekh

४ चैत्र २०७९, शनिबार १८:३६

सिमराः पाचौं मधेस प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता शनिवार सम्पन्न भएको छ । जीतपुरसिमरा १५ स्थित डुमरवाना सम्पन्न भएको प्रतियोगितामा सिमरा तेक्वान्दो डोजाङ प्रथम, बारा द्धितीय र धनुषा तृतीय भएको छ ।

प्रतियोगिताका बिजयी खेलाडीलाई मधेस प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामा, सिमरा तेक्वान्दो डोजाङका प्रमुख बिजय शाह ठकुरी, पर्सा जिल्ला तेक्वान्दो संघका सदस्य राजेन्द्र खड्गीलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लाका खेलाडीको सहभागिता रहेको थियो । आयोजकका अनुसार प्रत्येक जिल्लाबाट १४ जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगिताको समापन कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । समापन कार्यक्रममा जीतपुरसिमरा १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, १४ का वडाध्यक्ष चयन गुरुङलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्