नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


eShilalekh

१० चैत्र २०७९, शुक्रबार १२:२२

सिमराः कलेजका विद्यार्थीमा वित्तीय सारक्षता अभिवृद्धि गराउने उदेश्यले जीतपुरस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले शुक्रवार वित्तीय सारक्षता कार्यक्रम सम्पन्न गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित सिमरा कलेजमा स्नातक तहमा अध्ययरत विद्यार्थीको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । बैंकका प्रतिनिधिले कलेजको कक्षाकोठामै पुगेर बैंक तथा वित्तीय प्रणाली, महत्व र आवश्यकताका विषयमा विद्यार्थीलाई जानकारी गराएका थिए ।

कार्यक्रममा बैंकका शाखा प्रमुख मुकेश अधिकारी र कर्जा विभागका प्रदीप थापाले सहजीकरण गरेका थिए । सारक्षता कार्यक्रममा कलेजका ३० जना विद्यार्थी सहभागी थिए ।

बैंक तथा वित्तीय क्षेत्रका विषयमा कक्षाकोठामै जानकारी लिन पाँउदा विद्यार्थी उत्साहित देखिन्थे । कलेज प्रमुख शालिकराम अधिकारीले विद्यार्थीलाई लक्षित गरेर बैंकले गरेको कार्यक्रम महत्वपूर्ण रहेको बताए ।

नेपाल राष्ट्र बैंकले चैत ६ गतेदेखि १२ गतेसम्म ‘ग्लोबल मनी विक २०२३’ मनाउने घोषणा गर्दै इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई युवा लक्षित सारक्षता कार्यक्रम आयोजना गर्न अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्