जगदम्बा जीतपुरसिमरा गोल्डकपः आज भरतपुर र मकवानपुर ११ भिड्दै


eShilalekh

११ चैत्र २०७९, शनिबार ०८:२७

सिमराः जगदम्बा १३औं जीतपुरसिमरा फूटबल प्रतियोगिता अन्तर्गत शनिवार भरतपुर फूटबल क्लब र मकवानपुर ११ भिड्दैछन् । सिमरा रंगशालामा साँझ ५ः३० बजेपछि खेल सुरु हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा बिहिवार आयोजक नव जनजागृति युवा क्लबलाई पराजित गरेको भरतपुरले सेमिफाइनल प्रवेशका लागि मकवानपुर ११ संग प्रतिस्पर्धा गर्न लागेको हो ।

यसअघि शुक्रवार भएको खेलमा बागमती युवा क्लबलाई ३–० ले पराजित गर्दै वीरगन्ज युनाइटेड क्लब प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । वीरगन्जको जितमा विवेक चौधरीले दुई र कृपा चौधरीले एक गोल गरेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्