जगदम्बा जीतपुरसिमरा गोल्डकपः आज एपीएफ र चर्च ब्वाईज भिड्दै


eShilalekh

१४ चैत्र २०७९, मंगलवार १२:४२

सिमराः जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत मंगलवार अन्तिम क्वाटरफाइनल खेलमा विभागिय टिम नेपाल एपीएफ क्लब र चर्च ब्वाईज भिड्दैछन् ।

दुई टिमबीचको खेल सिमरा रंगशालामा साँझ ६ बजेपछि सुरु हुनेछ । एपीएफ जीतपुरसिमरा गोल्डकपको साविक उपविजेता हो भने चर्च ब्वाईज पहिलो पटक सहभागिता जनाउदैछ ।

काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा रहेको चर्च व्बाईजले छैठौं स्थानमा रहेको एपीएफलाई चुनौती पस्किनेछ ।

यसअघि सोमबार भएको खेलमा लिगको शिर्ष स्थानमा रहेको सातदोबाटो फूटबल क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा सेमिफाइनलमा प्रवेश गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्