नेपाली कांग्रेस जीतपुरसिमरा नगर समितिका पूर्वसचिव ढोडारी एमाले प्रवेश


eShilalekh

१४ चैत्र २०७९, मंगलवार १३:१४

सिमराः नेपाली कांग्रेस जीतपुरसिमरा नगर समितिका नगर पुर्वसचिव सुशिल ढोडारी नेकपा एमाले प्रवेश गरेका छन् । मिसन ग्रासरुट अन्तर्गत कलैयामा आयोजित एमालेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा ढोडारीसहित १० जना एमाले प्रवेश गरेका हुन् ।

ढोडारीलाई एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसहितका नेताले पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली, ज्वालाकुमारी साह, केन्द्रीय सदस्य राजकुमार गुप्ता, प्रभु हजरा, महमद समिर, बलवीर चौधरी, अरविन्द सिंह, रंजना सरकार, प्रदेशसभा सदस्य देवनारायण चौधरी, रवीन्द्रदास श्रेष्ठलगायत एमाले नेताकार्यकर्ता सहभागी थिए ।

ढोडारी मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बारा क्षेत्र नं. ४ कांग्रेसको उम्मेदवारविहिन भएपछि स्वतन्त्र अभियानमा सक्रिय भएका थिए । स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको चुनावी अभियानलाई साथ दिएका ढोडारी एमाले प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्