फाइनल प्रवेशका लागि आज हिमालयन शेर्पा र मकवानपुर ११ भिड्दै


eShilalekh

१५ चैत्र २०७९, बुधबार ०९:४५

सिमराः जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत बुधवार पहिलो सेमिफाइनल खेल हुँदैछ । सिमरा रंगशालामा साँझ ६ बजेपछि हुने खेलमा हिमालयन शेर्पा र मकवानपुर ११ भिड्दैछन् ।

शेर्पा जीतपुरसिमरा गोल्डकपको दोस्रो संस्करणको विजेता हो भने मकवानपुर ११ नवप्रवेशी टिम हो । सेमिफाइनलको यात्रा तय गर्ने क्रमम शेर्पाले सातदोबाटो युथ क्लब र मकवानपुरले भरतपुर फूटबल क्लबलाई पराजित गरेको थियो ।

यसअघि मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलमा विभागिय टोली नेपाल एपीएफ क्लबलाई २–१ ले पराजित गर्दै चर्च ब्वाईज युनाइटेड प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाईजले फाइनल प्रवेशका लागि बिहिवार न्युरोड टिम एनआरटीसंग प्रतिस्पर्धा गर्नेछ ।

वीरगन्ज युनाइटेड क्लबलाई पराजित गर्दै एनआरटीले अन्तिम चारको यात्रा तय गरेको थियो । एनआरटी जीतपुरसिमरा गोल्डकपको साविक विजेता हो भने वीरगन्ज पाचौं संस्करणको उपविजेता हो ।

प्रतिक्रिया दिनुहोस्