जगदम्बा जीतपुरसिमरा गोल्डकपः साविक विजेता एनआरटी र चर्च ब्वाईज भिड्दै


eShilalekh

१६ चैत्र २०७९, बिहीबार १०:३३

सिमराः जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा बिहिवार साविक विजेता एनआरटी र नव प्रवेशी टिम चर्च ब्वाईज युनाइटेड भिड्दैछन् ।

सिमरा रंगशालामा साँझ ६ बजेपछि दुई टिमबीचको सेमिफाइनल भिडन्त हुनेछ । एनआरटी फाइनलमा प्रवेश गरेर अघिल्लो संस्करणको उपाधी रक्षा गर्ने दाउमा हुँदा चर्च ब्वाईज पहिलो सहभागितामै उपाधी नजिक पुग्ने रणनीतिमा हुनेछ ।

चर्च ब्वाईज काठमाडौंमा जारी ए डिभिजन लिगको दोस्रो स्थानमा रहेको टोली हो भने एनआरटी १३औं स्थानमा छ । समान ५/५ खेल खेलेका दुई टिम लिगमा भने आमनेसामने भएका छैनन् ।

यसअघि बुधवार भएको पहिलो सेमिफाइनल खेलमा मकवानपुर ११ लाई ३–० ले पन्छाउदै हिमालयन शेर्पा क्लब अन्तिम दुईमा प्रवेश गरिसकेको छ । शेर्पाले अब एनआरटी र चर्च ब्वाईजबीचको विजेतासंग शनिवार फाइनल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्