घण्टीमाई सहकारीमा वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञानसम्बन्धी तालिम सम्पन्न


eShilalekh

२१ चैत्र २०७९, मंगलवार १०:४६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाद्धारा आयोजित वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञान १ सम्बन्धी तालिम सम्पन्न भएको छ । ६६औं सहकारी दिवसको अवसरमा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच तालिमको समापन गरिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को आर्थिक सहयोगमा पाँच वटा समूह बनाएर तालिम संचालन गरिएको थियो । तालिममा सहकारीको आवश्यकता र महत्वका साथै सहकारीको माध्यमबाट व्यवसायिक तथा आत्मनिर्भर कसरी बन्न सकिन्छ भन्ने विषयमा सहभागीलाई प्रशिक्षण दिइएको थियो ।

तालिममा एक सय २५ जना शेयर सदस्य र सम्भावित शेयर सदस्य सहभागी थिए । सहकारीकी कार्यालय सहायक अस्मिता शर्माले तालिमको सहजिकरण गरेकी थिईन् ।

संस्थाकी अध्यक्ष कोपिला सिंखडाको अध्यक्षता तथा वडाध्यक्ष भोजबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इलाका प्रवन्धक कृष्णकुमारी शर्मा, जीतपुरसिमरा उपमहानगरपालिकाको सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख सुदन चौधरी, लघुवित्त तथा सहकारी विज्ञ प्रकाश पाण्डेय, उपाध्यक्ष थानेश्वर पाण्डे, सचिव भवन खड्का, कोषाध्यक्ष श्यामप्रसाद भट्ट, सहसचिव बालकृष्ण ढकाल, लेखा समिति संयोजक डम्बर खड्का, प्रवन्धक नविन खड्कालगायतको उपस्थिती रहेको थियो ।

समापन कार्यक्रममा वडाध्यक्ष खत्री, इलाका प्रवन्धक शर्मा, लघुवित्त तथा सहकारी विज्ञ पाण्डेयलगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्