बारा २ मा स्वच्छ छवि भएको पुरुषोत्तमलाई जिताउनुसः अध्यक्ष ओली


eShilalekh

७ बैशाख २०८०, बिहीबार २३:०४

पचरौताः नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बारा क्षेत्र नं. २ मा एमाले उम्मेदवार पुरुषोत्तम पौडेललाई बिजयी गराउन आग्रह गरेका छन् ।

पचरौतामा बिहिवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले बारा २ को विकासका लागि जनताले पौडेल बिजयी गराउन आवश्यक रहेको बताए । कोही उम्मेदवार अन्तबाट चुनाव हार्दै बारा आएको र कोही उम्मेदवारको छवि नै स्वच्छ नभएको भन्दै अध्यक्ष ओलीले बारा २ का लागि पौडेले जरुरी रहेको बताए ।

एमाले उम्मेदवार पौडेलको निर्वाचित भएपछि बारा क्षेत्र नं. २ को विकास आमजनताले महसुस हुने गरी परिवर्तन हुँदै जाने बताए । उनले बाराका जनतासंग घुलमिल भएर बसेका र लोभलालचमा कहिल्यै नपरेका पौडेल निर्वाचित भएपछि बारा २ को मुहार फेरिनेमा आफू समेत बिश्वस्त रहेको बताएका छन् ।

अध्यक्ष मोरङ, सुनसरी र सप्तरीका जनताले नपत्याएपछि बारा आएका व्यक्तिबाट विकासका कल्पना समेत गर्न नसकिने बताए । उनले आफ्नै क्षेत्रबाट लखेटिएका उम्मेदवारले बारा २ क्षेत्रको हितमा काम गर्छ भन्ने कल्पना पनि गर्न नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्