बारा २: मतगणना सुरु


eShilalekh

११ बैशाख २०८०, सोमबार १३:०७

कलैया: प्रतिनिधिसभा सदस्‍य चयनका लागि बारा निर्वाचन क्षेत्र नं. २ मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ। करैयामाई १ र सुवर्ण १ बाट मतगणना सुरू गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कलैयाको गंगापुरस्थित शिक्षा तालिम केन्द्रस्थित मतगणनास्थलमा मतगणना सुरू भएको हो। उपनिर्वाचनमा ६८ हजार ८ सय ८७ मत खसेको छ।

बारामा जसपाका उपेन्द्र यादव,एमालेका पुरुषोत्तम पौडेल, जनमतका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल, आम जनता पार्टीका अरुण ज्ञवालीलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त सो क्षेत्रमा उपनिर्वाचन भएको हो।

प्रतिक्रिया दिनुहोस्