प्रारम्भिक परिणामले अझै मेहनत गर्न भनिरहेको छ: उम्मेदवार पौडेल


eShilalekh

११ बैशाख २०८०, सोमबार २२:५६

कलैया: नेकपा एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं. २ को प्रारम्भिक परिणामले आफुहरुलाई उत्साही नबनाएको र अझै मेहनत गर्न भनिरहेको प्रतिक्रिया दिएका छन् ।

मतगणनाको प्रारम्भिक परिणाममा तेस्रो स्थानमा रहेका पौडेलले सामाजिक संजाल फेसबुकमार्फत निर्वाचनको समिक्षा गर्दै जिम्मेवारीबाट पछि नहटने प्रतिक्रिया दिएका हुन् ।

यस्तो छ पौडेलले लेखेको फेसबुक स्टाटस:
” बारा जिल्ला क्षेत्र नम्बर २ का मतदाताहरूलाई धन्यवाद !
यस उप-निर्वाचनमा उम्मेदवार भएर क्षेत्रभरीका आदरणीय जनसमुदायसँग मत मागियो । नेकपा (एमाले) को तर्फबाट सफल निर्वाचन प्रचार अभियान संचालन गरियो । ठूलोसङ्ख्यामा मतदाताहरूसँग भेटघाट गरियो । पार्टीका श्रद्धेयअध्यक्ष स्वयंले कार्यक्रममा सहभागिता जनाउनुभयो । फेरिपनि निर्वाचनको प्रारम्भिकपरिणामले हामीलाई उत्साही वनाएको छैन । हामीलाई अझ मेहनत गर्न भनिरहेको अवस्था छ ।
अहिलेको जनादेश हाम्रो पक्षमा आउने छाँटकाँट छैन । यो उप-निर्वाचनमा जे-जस्तो परिणाम आएपनि जनादेश भनेको जनादेश नै हो । हामी लोकतान्त्रिकविधिबाट आएको जनादेशलाई स्वीकार गर्दछौं र, आफूलाई समीक्षा गरेर जस्तो सुकै अवस्थामा पनि कमीकमजोरी हटाउँदै पुनर्गठित गरेरअघि बढ्न सङ्कल्पबद्ध छौं । क्षेत्रका सवै मतदाता तथा सहयोगीहरु सवैलाई धेरै धेरै धन्यवाद । “

प्रतिक्रिया दिनुहोस्