बारा २ मा मतान्तर बढाउदै जसपा अध्यक्ष यादव


eShilalekh

१२ बैशाख २०८०, मंगलवार ०८:०४

कलैया: बारा क्षेत्र नं. २ मा उपेन्द्र यादवले अग्रता बढाउदै लगेका छन् । करैयामाई, सुवर्ण र कोल्हबी ८ को मतपरिणाम अनुसार यादव अहिले तीन हजार तीन सय ९३ मतले अघि छन् ।

हालसम्म प्राप्त मतपरिणाम अनुसार यादवले १० हजार एक सय ९९ मत पाएका छन् भने जनमतका कुशवाहाले ६ हजार आठ सय ६  मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले चार हजार ११ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले एक हजार चार सय ५१ मत पाएका छ । यस्तै आम जनता पार्टीका अरुण ज्ञवालीले ५९२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्