तनहुँ र चितवनमा शानदार मत प्राप्त गरेको रास्वपा बारामा चौथो


eShilalekh

१२ बैशाख २०८०, मंगलवार ०८:५७

कलैया: तनहुँ १ र चितवन २ मा शानदार मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी बारामा भने चौथो स्थानमा छ ।

तनहुँमा डा. स्वर्णिम वाग्ले १४ हजार सात सय ९७ मतको मतान्तरले बिजयी भइसकेका छन् भने सभापति रवि लामिछाने ४३ हजार एक सय एक मतसहित फराकिलो मतान्तरले अगाडी छन् ।

तर बारा २ मा रास्वपा उम्मेदवार रमेश खरेल यो समाचार तयार पार्दासम्म एक हजार आठ सय ८३ मतले चौथो स्थानमा छन् । उनिभन्दा अगाडी जसपा अध्यक्ष उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुश्ववाहा दोस्रो र एमालेका पुरुषोत्तम पौडेल तेस्रो स्थानमा छन् ।

खरेलले कोल्हबी नगरपालिकाको ८ नम्बर वडामा अन्य दलका उम्मेदवार भन्दा बढी मत प्राप्त गर्दा करैयामाई र सुवर्ण गाउँपालिकाको वडामा प्रतिस्पर्धात्मक मत पाएनन् ।?

प्रतिक्रिया दिनुहोस्