यादव र कुशवाहाबीचको मतान्तर फराकिलो बन्दै, यादव ४४२९ मतले अगाडी


eShilalekh

१२ बैशाख २०८०, मंगलवार १०:११

कलैया: बारा २ को जारी मतगणनामा जसपा अध्यक्ष उपेन्द्र यादवले जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहासंगको मतान्तर फराकिलो बनाउदै लगेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार यादव चार हजार चार सय २९ मतले अगाडी छन् । उनले १२ हजार एक सय २२ मत प्राप्त गर्दा कुशवाहाले सात हजार ६ सय ९३ मत पाएका छन् ।

हालसम्म करैयामाई, सुवर्ण गाउँपालिका, कोल्हबी ८ को, देवताल १ र २ को गणना भइसकेको छ भने महागढीमाई ९ को गणना जारी छ ।

यसैगरी तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले चार हजार तीन सय १० मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले एक हजार नौ सय ४१ मत प्राप्त गरेका छन् ।

प्रभु साह नेतृत्वको आम जनता पार्टीका अरुण ज्ञवालीले ६ सय २० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्