उपेन्द्रसंगको मतान्तर घटाउदै जनमतका कुशवाहा


eShilalekh

१२ बैशाख २०८०, मंगलवार १८:५१

कलैया: जनमत पार्टीका अध्यक्ष शिवचन्द्र कुशवाहाले जसपा अध्यक्ष उपेन्द्र यादवसंगको मतान्तर घटाएका छन् ।

पाँच हजार भन्दा बढी मतले पछि परेका कुशवाहाले महागढीमाईको मत गणना सुरु भएपछि मतान्तर घटाएका हुन् ।

महगढीमाई र पचरौताको मत गणना हुन बाँकी हुदा कुशवाहा पाँच हजार १३ मतले पछि परेका थिए ।तर महागढीमाई नगरपालिकाको वडा नं. १ बाट कुशवाहाले मतान्तर करिब तीन हजारमा ल्याएका हुन् ।

कुशवाहाको पकड क्षेत्र मानिएको महागढीमाईको २ नं. वडादेखि ६ नं. वडासम्म गणना हुन बाँकी छ । यसैगरी पचरौताको १ देखि ९ सम्मको सबै वडाको मत गणना गर्न बाँकी छ ।

हालसम्म प्राप्त परिणाम अनुसार यादवले १९ हजार ९ सय ७८ प्राप्त गरेका छन् भने कुशवाहाले १६ हजार ९ सय ३७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्